बाँके जिल्लालाई शैक्षिक हब बनाउन सकिन्छ : किशोरसिंह राठौर « Khabarhub

बाँके जिल्लालाई शैक्षिक हब बनाउन सकिन्छ : किशोरसिंह राठौर


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् ।

सोमबार नेपालगन्जमा लुम्बिनी प्राबिधिक विश्वविद्यालयको प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदूर पश्चिमको गन्तव्यका रूपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रुपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका राठौरले हुने खानेका छोराछोरी काठमाडौं लगायत अन्य क्षेत्रमा गएर अध्ययन गरे पनि यस प्राविधिक विश्वविद्यालयले गरिव र निम्न वर्गका जनताले बाँकेमै पाविधिक शिक्षा पाउने बताए ।

पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता बारे बोल्दै राठौरले भने कोरा शिक्षाले बेरोजगार उत्पादन गर्ने भएकाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा नै भएको जिकिर गरे ।

‘बाँकेवासीको लागि विश्वविद्यालय स्थापना हुनु गर्वको कुरा हो । राम्रा विद्यार्थी उत्पादन गर्नका लागि शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने आवश्यकता रहेका छ । नेपालगन्जमा अध्ययन गर्ने विद्यार्थीलाई अन्यत्र अध्ययन गरेका विद्यार्थीहरु भन्दा गुणस्तरीय शिक्षाका साथै राम्रो अंक ल्याउने बनाउन विश्वविद्यालयले शिक्षाको स्तर कसरी वृद्धि गर्न सकिन्छ धेरै काम गर्न आवश्यक रहेको छ,’ उनले भने ।

प्राविधिक विश्वविद्यालय निर्माण हुनु हामी सबैको लागि खुसीको कुरा भएको भन्दै उनले शिक्षामा बजेट लगानी गर्न सरकारले कन्जुस्याई गर्न नहुने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

यस्तै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले यो विश्वविद्यालय लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्नमा प्रदेश सरकारको ध्यान रहने कुराको आश्वासन दिए । मुख्यमन्त्री चौधरीले विश्व विद्यालयका लागि सेवा समिति समेत नियुक्त गरीसकेको र अव अन्य कुराहरू कमश पूर्णता दिँदै लैजाने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री कुल प्रसाद केसी, प्रतिनिधिसभा सदस्य दिपा शर्मा, लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री चन्द्रकेश सिके गुप्ता, प्रदेशसभा सदस्य सन्जु कुमारी थारु लगायत बाँके, बर्दियाका स्थानीय तहका मेयर उप–मेयर, अध्यक्ष उपाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थितिमा रहेको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : १३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका