फिफा महिला विश्वकपमा आज समूह ‘एच’ का दुई खेल हुँदै  « Khabarhub

फिफा महिला विश्वकपमा आज समूह ‘एच’ का दुई खेल हुँदै 


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । 

समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छन् ।

जारी विश्वकपमा कोलम्बिया लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने जर्मनी र मोरक्को ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी यो समूहमा रहेको दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । कोलम्बियालाई नकआउट चरण (अन्तिम १६) मा प्रवेश गर्न एक अंकमात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुर्नुपर्ने हुन्छ ।

३२ राष्ट्र सहभागी विश्वकपमा ८ वटा समूह समूह छन् । विश्वकप अगस्ट २० सम्म चल्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ७ : ३६ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले