ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै « Khabarhub

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ । 

आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३  आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ । दैनिकजसो १२-१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इन्चार्ज ’ काजी गुरुङले जानकारी दिएका छन् । 

आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ  । धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन् । 

आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत  केन्द्रले आग्रह समेत गरेको छ ।  

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ४ : १९ बजे

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत