मन्त्रालयद्वारा उपत्यकाभित्रका आठ अस्पतालमा अनुगमन « Khabarhub

मन्त्रालयद्वारा उपत्यकाभित्रका आठ अस्पतालमा अनुगमन


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतालमा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शंकरापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले आज स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमन गरेको थियो । सोही अवसरमा मन्त्री बस्नेतले त्यहाँस्थित पोस्ट अपरेटिभ वार्ड, शल्यचिकित्सा वार्ड, रक्तसञ्चार युनिट, मेडिकल वार्ड, नाक, कान, घाँटी वार्ड, मनोचिकित्सा वार्ड र प्रशासन विभागलगायत सबै ठाउँमा अनुगमन गरेका थिए ।

सो अवसरमा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए-नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्था भए-नभएकोलगायतका विषयमा व्यवस्थापनसँग जानकारी लिएका थिए । 

उहाँले अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए। उनले भने, ‘अहिले हामीले धेरै कुराभन्दा पनि अस्पताल मापदण्डअनुसार छन् कि छैनन्, विपन्नका निम्ति उपचारमा छुट भए-नभएकोबारे बुझन खोजिएको हो ।’ मन्त्रायले यसअघि एक सय एक फार्मेसीमा अनुगमन गर्दा एक सय वटा फार्मेसी मापदण्डविपरीत भएको भेट्टाएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ७ : ०२ बजे

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण