विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज साउन १८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ३, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अदालतको फैसला नभएसम्म संसदमा प्रधानमन्त्री चयन प्रक्रिया रोक्न आदेश

थाइल्याण्डको संसदले मुभ फरवार्ड पार्टी (एमएफपी)का नेता पिता लिम्जारोएनाटको पुनः मनोनयनसम्बन्धी अदालतको फैसला नआएका कारण नयाँ प्रधानमन्त्री चयनका लागि आसन्न मतदान स्थगित हुने बिहीबार जनाएको छ ।

प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी उजुरी र लोकपाल कार्यालयले चयन स्थगन गर्न गरेको अनुरोधमा संवैधानिक अदालतले निर्णय नगरेकाले शुक्रबारका लागि तय भएको मतदान स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष वान मोहम्मद नूर माथाले जानकारी दिए।

यद्यपि, थाइल्याण्डको संविधानको धारा २७२ मा संशोधन गर्न एमएफपी सदस्यहरूले दायर गरेको याचिकामाथि विचार गर्न दुई सदनात्मक संसदको संयुक्त बैठक शुक्रबार बस्नेछ, जसको उद्देश्य सिनेटरहरूलाई प्रधानमन्त्री चयनमा भाग लिनबाट वञ्चित गर्नु हो ।

थाई संविधानको धारा २७२ अनुसार प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्नका लागि दुई सदनात्मक संसदको आधाभन्दा बढीको अनुमोदन आवश्यक पर्छ, जसले २५० सदस्यीय सिनेटलाई ५०० सदस्यीय प्रतिनिधि सभासँग संयुक्त रूपमा प्रधानमन्त्री चयन गर्ने अधिकार दिन्छ ।

संवैधानिक अदालतले बिहीबार लोकपालको याचिकामाथिको सुनुवाइ अगस्ट १६ सम्मका लागि स्थगित गरेको जनाएको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै उजुरीहरूको सावधानीपूर्वक विचार गर्न थप जानकारी आवश्यक रहेको बताएको छ ।

गत महिना राज्य लोकपालको कार्यालयले संवैधानिक अदालतलाई जुलाई १९ मा संयुक्त संसदीय बैठकको मतदान पुनरावलोकन गर्न अनुरोध गरेको थियो ।

मे महिनामा भएको चुनावमा एमएफपी राष्ट्रिय सभाको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । त्यसपछि उसले दोस्रो ठूलो पार्टी फेउ थाई पार्टी र अन्य साना पार्टीहरूसँग मिलेर पितालाई प्रधानमन्त्रीपदका लागि समर्थन गर्न गठबन्धन बनाएको छ ।

यद्यपि, पिताले थाई द्विसदनीय संसदका पछिल्ला दुई बैठकहरूमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए, जसका कारण एमएफपीले गत महिना पद छोड्ने र फेउ थाई पार्टीलाई नयाँ सरकार गठनको नेतृत्व गर्न अनुमति दिने निर्णय गरेको थियो ।

रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै

भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । 

लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड(आरभिएनएल) बीच सम्झौता भएको हो । 

यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ । ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुनेछ ।  दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ । कम्पनीमा आरभिएनएलको २५ प्रतिशत लगानी हुने रुसी समाचारपत्र कमर्सन्टले जनाएको छ । 

महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ । सम्झौताअनुसार अबको पाँच वर्षभित्रमा रेल बनाइसक्नुपर्नेछ । उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गरिनेछ ।

उलान–उडे लोकोमोटिभ प्लान्टको भ्रमणका क्रममा ट्रान्समासहोल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले सम्झौताबारे जानकारी दिए। 

ट्रान्समासहोल्डिङका महानिर्देशकका भारतीय रेलवेका सहकर्मीसँग मिलेर परियोजनाको अर्को चरणको काम शीघ्र प्रारम्भ गरिनेछ । ट्रान्समासहोल्डिङ आधुनिक रेल  निर्माणमा ख्यातिप्राप्त कम्पनी हो जसले विश्वका ३० देशमा रेल डिजाइन, इन्जिन र अन्य उपकरण निर्माण तथा  आपूर्ति गर्दै आएको छ । 

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समुहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरू रहेको बुझिएको छ । गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह
फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न आग्रह गरेको छ।

विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई ‘देशी कूटनीतिक अधिकार सम्वर्द्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा’ प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ ‘यी कार्यहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गतका दायित्वहरू, विशेष गरी भियना कन्भेन्सनसँग सम्बन्धित छन्’ ।

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण
चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११: ४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो ।

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु
रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।

ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ । अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन्( ‘अपराधीहरू साङ्लो जस्तै मर्नुपर्छ।’

उनले ब्राजिलमा ‘बुलेट लबी’ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।

आफूविरुद्धका मुद्दाप्रति ट्रम्पको आक्रोश
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका मुद्दा र आरोपप्रति आक्रोश व्यक्त गरेका छन् ।

वासिङ्टन डीसी अदालतमा सुनुवाइका लागि हाजिर हुने क्रममा उनले आफूविरुद्धका आरोपहरू आगामी वर्ष हुने चुनाव लक्षित रहेको बताए ।

उनले जो बाइडेन प्रशासनले नैतिक धरातल समेत गुमाइसकेको टिप्पणी गरे । न्युजर्सी गल्फ क्लवमा समर्थकहरूबीच बोल्दै उनले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरू अहिल्यै अत्तालिएको जिकिर समेत गरे ।

आफूले न्युजर्सीमा अभूतपूर्व समर्थन पाएको भन्दै उनले आफ्ना विरोधीहरूलाई यसैगरी जवाफ दिँदै जाने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति ट्रम्प विरुद्ध सन् २०२० को चुनावी परिणाम उल्ट्याउने कोसिस गरेकोलगायत थप चार वटा मुद्दा लगाइएको छ

उहाँलाई बिहीबार अदालतमा उपस्थित हुन भनिएको छ ।

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

ब्राजिलमा लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मृत्यु भएको छ। ब्राजिलका तीन राज्यमा भएको लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मत्यु भएको हो भने ५८ जना घाइते भएका छन्।

ब्राजिलको प्रहरीले लागूऔषध गिरोहबाट तीन सय ८५ किलो लागूऔषत बरामद गरेको छ। बीबीसीका अनुसार उनीहरुको साथबाट प्रहरीले केही थान बन्दुकसमेत बरामत गरेको छ।

बीबीसीले स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै रियो दि जेनेरियोमा प्रहरी र लागूऔषत कारोबारीबीच गोली हानाहान भएपछि त्यो क्षेत्रका विद्यालय बन्द भएको जनाएको छ। झडप भएको क्षेत्र तनावग्रस्त बनेपछि त्यहाँ अन्य औपचारिक कार्यक्रमसमेत स्थगित भएका छन्।

ब्राजिलमा लागूऔषध गिरोह र प्रहरीबीच पटकपटक झडप हुँदै आएको छ। यही वर्ष मात्र प्रहरी र लागूऔषध कारोबारीबीच ३३ पटक झडप भएको समाचारमा उल्लेख गरिएको छ। यसरी भएको झडपमा १२५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : ०० बजे

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको