रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनीको आरोप | Khabarhub Khabarhub

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनीको आरोप


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् ।

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले बताए । । “रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,” जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भने । “उसले विश्वव्यापी विपत्तिको विरूद्धमा लडिरहेको छ ।

उनीहरूलाई विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य सङ्कट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,” जेलेन्स्कीलाई उद्धृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बुधबार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मङ्गलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।

यसैबीच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरे ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : २१ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको