रूसी सेनामा दुई लाख तीस हजारभन्दा बढी भर्ना | Khabarhub Khabarhub

रूसी सेनामा दुई लाख तीस हजारभन्दा बढी भर्ना


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि नै रूसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताएका छन् ।

“रूसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा गरेको क्षेत्रहरू कब्जा गरिरहन चाहन्छ त्यसैले मस्कोले यस वर्ष जनवरी १ देखि अगष्ट ३ सम्म आक्रामक शैलीमा सैन्य भर्ती अभियान सञ्चालन गरेको छ,” उनले भने ।

सन् २००८ देखि २०१२ सम्म रूसी राष्ट्रपति रहेका मेदभेदेवले भन्नुभयो, “कूल दुई लाख ३१ हजारभन्दा बढी लाई सैनिक करार सेवाका लागि स्वीकार गरिएको छ ।”

गत सेप्टेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आंशिक’ सैन्य परिचालनको घोषणा गरेका थिए, जुन दोस्रो विश्वयुद्धपछि पहिलो घटना हो ।

दोस्रो परिचालन अभियानको घोषणा गर्न अनिच्छुक मस्कोले रूसीहरूलाई वित्तीय प्रोत्साहनको साथ आकर्षित गर्ने आशामा यसको सट्टा एक विशाल सार्वजनिक सम्बन्ध निर्माण अभियानको विकल्प रोजेको छ ।

अधिकारीहरूले उनीहरूको लक्ष्य सार्वजनिक गरेका छैनन् तर विभिन्न अनुमानहरूले मस्कोले चार लाख स्वयंसेवकहरू भर्ती गर्ने प्रयास गरिरहेको हुन सक्ने बताएका छन् ।

रक्षामन्त्री सर्गेई शोइगुले गत वर्ष रूसको सेनाको सङ्ख्या बढाएर १५ लाख पु¥याइने बताएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ९ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका