एमाले महासचिव पोखरेलसहितको टोली चीन प्रस्थान « Khabarhub

एमाले महासचिव पोखरेलसहितको टोली चीन प्रस्थान


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति चीन प्रस्थान गरेको हो।

१२ दिने भ्रमणका लागि महासचिव पोखरेल नेतृत्वको टोली चीन गएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनको भनाइ छ ।

को को छन् टोलीमा ?
१) शंकर पोखरेल, महासचिव
२) डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३) राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४) ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य
५) रामबहादुर मगर ९राम राना०, केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य
६) टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७) सहदेव बोगटी, केन्द्रीय सदस्य
८) निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९) मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१०) अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११) रचना खड्का, केन्द्रीय सदस्य
१२) भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३) मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य
१४) कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५) लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६) पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७) क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८) समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९) गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२०) हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका
२१) राजेश राई (सचिवालय)
२२) सरोजकुमार रेग्मी (सचिवालय)

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ३७ बजे

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप

काठमाडौं– भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद