महिला टी–ट्वान्टी : भुटानद्वारा नेपालसामु ४० रनको लक्ष्य « Khabarhub

महिला टी–ट्वान्टी : भुटानद्वारा नेपालसामु ४० रनको लक्ष्य


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी पूजा महतोले ३ विकेट लिइन् । यस्तै कप्तान रुविना क्षेत्री बेलबासे, खुशी डंगोल र कविता कुँवरले समान एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो ।

नेपालले चौथो खेल भोलि कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : १५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी