महिला टी–ट्वान्टी : नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित  | Khabarhub Khabarhub

महिला टी–ट्वान्टी : नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित 


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ ।

मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे । नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाए ।

भुटानकी अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । यस्तै, अन्जु गुरुङ र सोनमले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी पूजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक–एक विकेट लिए ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो । नेपालले चौथो खेल सोमबार कतार र समूह चरणको अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ३२ बजे

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी