महिला टी–ट्वान्टी : नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित  « Khabarhub

महिला टी–ट्वान्टी : नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित 


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ ।

मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे । नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाए ।

भुटानकी अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । यस्तै, अन्जु गुरुङ र सोनमले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी पूजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक–एक विकेट लिए ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो । नेपालले चौथो खेल सोमबार कतार र समूह चरणको अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ३२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी