भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान « Khabarhub

भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीलंका प्रस्थान गरेका छन् ।

सोमबार हुने भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् । श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

एसिया कपमा नेपाल पाकिस्तान र भारतसँगै समूह ‘ए’ मा रहेको छ ।

श्रीलंकाको पाल्लेकेल्लेमा नेपालले सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा भारतविरुद्ध खेल्दैछ । यसअघि गत बुधबार पाकिस्तानको मुल्तानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । त्यस्तै, शनिबार पाकिस्तान र भारतबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  १ : ३० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली