सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित « Khabarhub

सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सिंगापुर- सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित भएका छन् । निर्वाचनमा ७०.४ प्रतिशत मत ल्याउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा उनले दुई जना प्रतिद्वन्द्वीलाई पारजित गरे ।

थर्मन भारतीय मूलका सिंगापुरका चर्चित अर्थशास्त्री हुन् । पिपुल्स एक्सन पार्टी (पीएपी) छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । थर्मनका प्रतिद्वन्द्वी आं कोक सन्गले १५.७ र तान किन लियानले १३.८८ प्रतिशत मत ल्याए ।

सिंगापुरमा राष्ट्रपति पद कार्यकारी पद होइन । यद्यपि, राष्ट्रपतिसँग वित्त भण्डारसम्बन्धि केही शक्ति भने हुन्छ । राष्ट्रपतिलाई स्वतन्त्र रुपमा बोल्न पनि यहाँ बन्देज छ । सिंगापुरको सरकारले चाहेको खण्डलाई राष्ट्रपतिलाई हटाउन पनि सक्छ ।

थर्मनले यअघि सिंगापुरका अर्थमन्त्री र उपप्रधानमन्त्रीका रुपमा कार्यभार निर्वाह गरिसकेका छन् । उनीसँग संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरेको अनुभव अनुभव छ । कुनैबेला उनी मुद्रा कोषको अध्यक्षको दाबेदारसमेत थिए ।

(स्रोतः एएनआई)

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : १३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको