जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीकाे प्रयास असफल : योगेश भट्टराई « Khabarhub

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीकाे प्रयास असफल : योगेश भट्टराई


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको बताएका छन् ।

धर्म, जात/जाति, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यो नसकेपछी पछाडि हटेको सचिव भट्टराईको तर्क छ । सबै जाति, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दाबी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताए ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरशाहीहरुसँग प्रतिस्पर्धा गर्न एमालेमात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गरे ।

उनले भने, ‘समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै समाजवादको लक्ष्य उनीहरुसँग छैन भन्ने प्रमाणित हुन्छ ।’

 

 

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ५९ बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर