सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा « Khabarhub

सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताइन् ।

आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार साँवा दिएर लाखौँ ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरूमाथि कारबाही थालिनु सुशासनको पक्षमा महत्वपूर्ण कदम भएको पनि उनले बताइन । सत्ता र शक्तिमा पुगेकाहरूले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरूलाई पनि कानूनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट पारिन् ।

“नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए”, मन्त्री शर्माले भनिन्, “ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेका कारण जनताको विश्वास बढ्न गएको छ र सम्भवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ ।”

प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानबिन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै उनले भनिन्, “छानबिनका क्रममा गल्ती भेटिए मलाईसमेत नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन, उहाँले पार्टीभित्रका नेताहरूलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिनुभएको छ, यो चानचुुने विषय होइन ।”

मन्त्री शर्माले अन्य दलजस्तै माओवादीका केही नेता तथा कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट पारिन् । उनले भनिन्, “हामी केही बिग्रेकै हो तर सप्रेका अरू दलभन्दा बिग्रेका माओवादीहरू धेरै अगाडि छन्, अहिले सुरु भएको तीनमहिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।”

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । अहिले सरकारले महत्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उनले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गरिन् ।

नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने ध्येयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानून, बजेट निर्माण, कार्यान्वायन र मूल्याङ्कन प्रक्रियालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : ४२ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष