संविधानका कमजोरीको समाधान नगरे दुर्घटना हुनसक्छ « Khabarhub

संविधानका कमजोरीको समाधान नगरे दुर्घटना हुनसक्छ


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

केही दिन अगाडि म माइतीघर मण्डला तिर जाँदै थिए । एउटा ठुलो जुलुस थियो । त्यहाँ त्यो जुलुसले ‘हामी २०४७ सालको संविधान फिर्ता लिन चाहन्छौँ’ भनेको थियो ।

त्यहाँ ठुलो वकिलको समुदाय पनि थियो । नेपाल प्रहरीका पूर्व एआइजी र पूर्व कर्मचारी पनि सहभागी थिए । उनीहरू २०४७ सालको संविधान ल्याउन चाहन्थे । कहिलेकाहीँ हामी पनि सार्वजनिक समारोहमा यो संविधान अब काम नलाग्ने भयो, यसको विकल्प सोच्नुपर्छ भन्छौं । यो संविधान च्यात्नुपर्छ भन्ने समूह पनि आइसकेको छ । त्यो अवस्थालाई हेर्दा, अहिले संसद्ले राम्ररी काम गर्न सकेको छैन । उसको काम कानुन निर्माण गर्ने हो । आठ वर्षमा हामीलाई चाहिने कानुनहरु निर्माण भएको छैन ।

कार्यपालिकाको स्थिति हेर्दा त्यस्तै छ । संविधान संवत् र संविधानको मूल्य र मान्यताभित्र रहेर उसले काम गरेको छैन । जस्तो रेसम चौधरीको विषयलाई हेर्न सक्छौ.। सरकारको सिफारिसमा राष्ट्रपतिबाट छुटाउने काम भयो । अदालतले त्यसलाई फेरि बदर गराउने कुराले हामी संविधानको मूल्य र मान्यताभित्र रहेर अगाडि बढेका छैनौं भन्ने कुरा देखाएको छ ।

न्यायपालिकाको अवस्था पनि दयनीय छ । आज भन्दा २० वर्ष अगाडि सर्वोच्च अदालतमा दुई वा तीन वर्ष अगाडिको मुद्दा हुन्छ भनेर कसैले कल्पना नै गर्न सक्दैन थियो । अहिले १५ वर्षदेखि चलेको मुद्दा छ । त्यो विचाराधीन छ । म नाम लिन चाहन्न तर अझैसम्म टुङ्गो लागेको छैन ।

हाम्रा कतिपय संवैधानिक विषय सर्वोच्च अदालतमा विचाराधीन छन् । त्यसलाई प्राथमिकतामा राखेर निर्णय गर्न न्यायालयले पनि सकेको छैन । संवैधानिक निकायमा भएका पदाधिकारीका कुराहरूको सम्बन्धमा परेका मुद्दा विचाराधीन छन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निर्वाचन आयोगको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवधिकार आयोग जस्ता विषय त सिधै अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्धित विषय हुन् । यिनीहरुले काम गरेका छन् कि छैनन् भनेर अन्तर्राष्ट्रिय संघसंस्थाले पनि उनीहरूलाई हेरिरहेका छन् । यिनीहरूको वैधताको बारेमा अदालतमा प्रश्न उठिरहेको छ । तर यो विषयमा गम्भीर कोही छैन । यदि यस्तो हुँदै जाने हो भने हामीले कसरी यो संविधानको मान्यता प्राप्त गर्न सक्छौँ ?

संविधान एकदम राम्रो छ । यो संविधानलाई हामीले बचाउनुपर्छ । तर यसका कमीकमजोरीलाई बेलैमा समाधान गरेनौँ भने ठुलो दुर्घटना हुनसक्छ ।

(संविधान दिवसको अवसरमा पेभिलियन हल दरबारमार्गमा आयोजित कार्यक्रममा पूर्व न्यायाधीश शेखर पौडेलले राख्नुभएको धारणाको सारसंक्षेप)

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ३९ बजे

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौं- नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली- कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका

काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२