नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण « Khabarhub

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गरे । उनले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलिएको छ । यो सबै कुराको जड मोबाइल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ ।’

नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेको भन्दै सांसद जबराले सहरमा शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न नेपालगञ्जवासीलाई अनुरोध गरे ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : १३ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका