बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते « Khabarhub

बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गरेका छन् । उनले यस पहिले उक्त घटनामा तीन जनाको मृत्यु भएको भनी आएको समाचारको खण्डन गर्दै एक व्यक्तिको मात्र मृत्यु भएको बताएका छन्। युथानाले भने, “प्रारम्भिक अनुसन्धानबाट मृतक चिनियाँ नागरिक रहेको खुल्न आएको छ ।”

आक्रमणमा छ जना घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गोली लागेकामध्ये एक जनाबाहेक सबै महिला थिए ।

गोली हानेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

भिडियो फुटेजमा कालो सर्ट, चस्मा र अमेरिकी झण्डा अङ्कित टोपी लगाएका एक लामो कपाल भएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको छ । प्रधानमन्त्री श्रेता थाभिसिनले आफूले स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन्।

“अहिले मेरो लागिसबैभन्दा बढी चासो सबै नागरिकको सुरक्षा हो,” उनले एक्स (ट्वीटर) मा उल्लेख गरेका छन् ।

उनी लेख्छन् , “म सबै अधिकारीहरूलाई सबै सुरक्षित हुन सकून् भन्नका लागि स्थितिको निगरानी गर्न आग्रह गर्दछु ।”

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : २४ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक