बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते « Khabarhub

बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गरेका छन् । उनले यस पहिले उक्त घटनामा तीन जनाको मृत्यु भएको भनी आएको समाचारको खण्डन गर्दै एक व्यक्तिको मात्र मृत्यु भएको बताएका छन्। युथानाले भने, “प्रारम्भिक अनुसन्धानबाट मृतक चिनियाँ नागरिक रहेको खुल्न आएको छ ।”

आक्रमणमा छ जना घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गोली लागेकामध्ये एक जनाबाहेक सबै महिला थिए ।

गोली हानेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

भिडियो फुटेजमा कालो सर्ट, चस्मा र अमेरिकी झण्डा अङ्कित टोपी लगाएका एक लामो कपाल भएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको छ । प्रधानमन्त्री श्रेता थाभिसिनले आफूले स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन्।

“अहिले मेरो लागिसबैभन्दा बढी चासो सबै नागरिकको सुरक्षा हो,” उनले एक्स (ट्वीटर) मा उल्लेख गरेका छन् ।

उनी लेख्छन् , “म सबै अधिकारीहरूलाई सबै सुरक्षित हुन सकून् भन्नका लागि स्थितिको निगरानी गर्न आग्रह गर्दछु ।”

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : २४ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै