फोहर व्यवस्थापनमा सहज « Khabarhub

फोहर व्यवस्थापनमा सहज


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले जिआइजेडको सहयोगमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन लागू गरेपछि स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि ढुवानीका साधन विभिन्न अस्पताल, ल्याब, पोलिक्लिनिकमा पुग्ने गर्छन् ।

 नेपालगन्जमा रहेका मेडिकल कलेज, नर्सिङहोम, अस्पताल, मेडिकल, ल्याबलगायतका विभिन्न स्वाथ्य संस्थाबाट निस्कने स्वास्थ्यजन्य फोहर स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले निश्चित शुल्क लिएर एक वर्षदेखि व्यस्थापन गर्दै आएको संस्थाका अध्यक्ष भानु भट्टले जानकारी दिए । सो संस्थाले स्वास्थ्यजन्य फोहर उठाउनका लागि स्थानीय सरकारसँग १० वर्षको ठेक्का लिएको छ । 

स्वास्थ्य संस्थाबाट दुई प्रकारको फोहर उठाएको संस्थाले प्रतिदिन हानिकारक स्वास्थ्यजन्य फोहर करिब ९० किलोग्राम र सामान्य स्वास्थ्यजन्य फोहर प्रतिदिन एक सय ५० किलोग्राम उठेको जानकारी दिएको छ । अध्यक्ष भट्टले उक्त फोहर व्यवस्थापनका लागि वातावरण विज्ञसहित १२ जनाको जनशक्ति भएको जानकारी दिँदै त्यसका लागि एउटा बक्स ट्रली र साधारण ट्रली भएको बताए। 

‘सुरुमा हामीले रु पाँच लाख घाटा खाएर काम गर्यौँ । तर अहिले परिस्थिति बदलिएको छ’, उनले भने । संस्थाबाट उठाएको फोहर उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरमिनियास्थित ‘ल्याण्डफिल साइट’ परिसरमा व्यवस्थापन गरिएको छ । विभिन्न अस्पताल, मेडिकल, नर्सिङहोम, क्लिनिकले निकालेको फोहरको तौलका आधारमा रु तीन सयदेखि रु ७० हजारसम्म मासिक शुल्क तिर्ने गरेका छन् ।

वातावरण इन्जिनियर प्रकाश डिसीले एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यसको परिणाम सकारात्मक देखिएको उल्लेख गर्दै यसमा सबैको सहयोग आवश्यक हुने बताए । फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । फोहर व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले संरचनासमेत निर्माण गरेको छ ।

संरचना निर्माणमा रु ४६ लाख लागत लागेको बताइएको छ । कतिपय फोहरलाई प्रशोधनसमेत गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न सहज भएको छ । उपमहानगरपालिकाले नियमितरूपमा निस्कने प्रतिदिन २५ टन फोहरको व्यवस्थापन गर्दै आएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ११ : ४४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि