टी–२० विश्वकप एसिया छनोट : नेपालले गुमायो दोस्रो विकेट « Khabarhub

टी–२० विश्वकप एसिया छनोट : नेपालले गुमायो दोस्रो विकेट


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । मूलपानी क्रिकेट मैदानमा यूएईविरुद्ध जारी खेलमा नेपालका गुल्शन झा २२ रन बनाएर आउट भए ।

उनी ९ ओभर ३ बलमा बासिल हमिदको बलमा आउट भए । २४ बल खेलेका उनले तीन चौका प्रहार गरे । यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भएका थिए । उनी २ ओभर ६ बलमा नीलंश केशवानीको बलमा आउट भए । टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १ : ३८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल