दीपावली र छठको मुखमा अनुदान पाउँदा महोत्तरीका उखु किसानलाई राहत « Khabarhub

दीपावली र छठको मुखमा अनुदान पाउँदा महोत्तरीका उखु किसानलाई राहत


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा महोत्तरीका किसानलाई राहत मिलेको छ । यसै उसै दसैँ टार्नुपरेको आफूहरुका लागि दीपावली र छठअघि अनुदान रकम पाउँदा के के न पाएजस्तो भएको किसानले बताएका हुन् । जिल्लास्थित एभरेष्ट र सिद्धीविनायक चिनी उद्योगमा उखु बुझाएका महोत्तरीका किसानले अहिले उखु खेतीबापतको सरकारी अनुदान रकम पाएका हुन् ।

“दसैँ कसैगरी टारियो, अब दिवाली र छठ मुखमा छन् के गर्ने होला भन्ने चिन्ता थियो, पैसा आयो, चाडबाडको मुखमा उखुको अनुदानबापतको रकम पाएपछि राहत मिलेको छ,” भङ्गाहा–४ का किसान अरुण गिरीले भने, “मौकामा राहत मिल्यो, अब दिवाली/छठ टारिन्छ ।” गिरीजस्तै अन्य किसान पनि चाडवाड कसरी टारौँ भनेर बिलखबन्द परेका बेला अनुदान रकम पाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।

दुवै उद्योगमा उखु बुझाउने जिल्लाका १२ हजार छ सय ७३ किसानलाई अनुदानबापतको जम्मा रु १८ करोड ४७ लाख ९९ हजारबाट सम्बद्ध किसानले पाउने हिस्सा निजहरुको बैंक खातामा पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० को क्रसिङका बेलामा उखु बुझाएका किसानलाई सरकारले अहिले अनुदानबापतको रकम उपलब्ध गराएको हो ।

किसानले उखु बुझाएको झण्डै एक वर्षपछि अनुदानबापतको रकम अहिले पाइएको छ । गत वर्ष भने किसानले दसैँ अघि अनुदान रकम पाएका थिए । यसपालि सरकारले निकासा पठाउन ढिलो गर्दा किसानको खातामा रकम पुग्न ढिलो भएको उक्त कार्यालयले स्पष्ट पारेको छ ।

उखु क्रसिङ गर्ने बेलामा आव २०७९/८० मा एभरेस्ट चिनी उद्योगलाई १२ हजार पाँच सय ९० र सिद्धिविनायक चिनी उद्योगलाई ८३ जना किसानले उखु उपलब्ध गराएका थिए । सिद्धिविनायक गत वर्षमात्र सञ्चालनमा आएको चिनी उद्योग हो । सरकारले २०७८/२०७९ देखि उखु खेती गर्ने किसानलाई प्रतिक्विन्टल रु पाँच बढाएर अनुदान रु ७० पुर्‍याएको थियो ।

अहिले उखुको मूल्य उद्योगले पाँच सय ४० र सरकारले अनुदानबापत ७० गरी प्रतिक्विण्टल छ सय १० कायम गरेको छ । यता किसानले भने चिनीको मूल्य बढ्दै गएको अनुपातमा उखुको न्यूनतम मूल्य रु सात सय ५० कायम गर्नुपर्ने माग उखु उत्पादक कृषक सङ्घमार्फत राख्दै आएका थिए ।

एभरेष्टले आव २०७९/०८०मा २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो । यो चिनी उत्पादन २०७८/०७९को भन्दा ६१ हजार आठ सय ४४ क्विन्टल बढी हो । सञ्चालनको पहिलो वर्ष (२०७८/०७९) मा ५१ हजार चार सय ७२ क्विन्टल उखु क्रसिङ गरी छ हजार क्विन्टल चिनी उत्पादन गरेको सिद्धिविनायकले पछिल्लो पटक गत आबमा भने नौ हजार दुई सय ४५ क्विन्टलमात्र उखु क्रसिङ गर्न सकेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : २० बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६