राष्ट्रपति पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने « Khabarhub

राष्ट्रपति पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसीर १ गते स्वदेश फर्कन भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।

बैठकले निमा तामाङको नाममा झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नागरिकता र देवराज धमलाको नाममा झुठो विवरण पेश गरी कालिकोटबाट जारी भएको नागरिकता रद्ध गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योगमन्त्रीलाई स्वीकृती दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले यूएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृती प्रदान गर्ने र कार्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : ३५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको