महिलाले चुरा किन लगाउँछन् ?  | Khabarhub Khabarhub

महिलाले चुरा किन लगाउँछन् ? 


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा लगाउने चलन छ । चुरा सोह्र श्रृंगारमध्येको एक हो ।

धार्मिक मान्यता अनुसार पूजाआजामा दुर्गा मातालाई १६ श्रृंगारका सामानहरू चढाइन्छ । त्यसमा चुरा पनि पर्छ ।

धर्मशास्त्रअनुसार चुराको दान गर्नुलाई पुण्य प्राप्तिको कर्म मानिन्छ । महिलाहरूले हरियो चुरा दान गर्दा बुधदेवको आशीर्वाद प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइनछ ।

चुरामा देवीको वास हुन्छ भन्ने मान्यताका साथ बसहरूमा पनि चुराको माला बनाएर लगाइन्छ ।

वैज्ञानिक अनुसन्धानले पनि चुरा लगाउनु राम्रो मानेको छ । चुरा लगाउनाले महिलाहरूमा मानसिक सन्तुलन कायम रहन्छ ।

चुराले हत्केलाको छालासँग धर्षण गर्दा वा चल्दा हातमा रक्तसञ्चारमा मद्दत पुर्‍याउनुका साथै ऊर्जा पैदा हुने गर्दछ । जसका कारण छिट्टै थकान महसुस हुन पाउँदैन ।

काँचको चुराबाट आउने आवाजले वातावरणमा भएको नकारात्मक ऊर्जालाई नष्ट गर्दै त्यसको आसपास सकारात्मक ऊर्जा प्रवाह गर्ने वैज्ञानिकको दाबी छ ।

महिलाको शरीर संवेदनशील हुने भएकाले हर्मोनको स्तर एकदमै छिटो परिवर्तन भइरहन्छ । चुरा लगाउँदा त्यसले हर्मोनको स्तरलाई सन्तुलित राख्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : २८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका