राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते | Khabarhub Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको  पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक , सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ ।

यसैगरी बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए । २५ गते दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : २३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका