स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले एक–एक गोल गरेका थिए । खेलको २६औँ मिनेटमा डियाजले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवैतर्फबाट कुनै गोल नहुँदा रियल २–० गोलले विजयी बन्यो । यो जितसँगै रियल १५ खेलबाट ३८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पराजित भएको ग्रानाडा ७ अंक जोडेर १९औँ स्थानमा छ । यस्तै ३८ अंक भएको गिरोना एफसी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ४१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी