दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ « Khabarhub

दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

दोलखा-  दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रहेका छन् । प्रहरीका अनुसार जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किँदा उनको मृत्यु भएको हो ।

उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते सार्कीलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो ।

अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ । उनीसहित ७ जना स्थानीय गए राति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए ।

घट्नापछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगि, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १२ : ०२ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका