स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु | Khabarhub Khabarhub

स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यूएसएआईडीको विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । यो कार्यक्रम नयाँ सङ्क्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रूत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो । यस कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्बिीचको अन्तरनिर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि “वन हेल्थ” (एउटै स्वास्थ्य) मार्फत गरिनेछ । स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सा स्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० वटा देशमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउनेछ ।

कोभिड १९ को महामारी कुनै नयाँ पशुजन्य रोगको जीवाणुले मानव स्वास्थ्य र विश्वका अर्थतन्त्रहरूमा पुर्‍याउन सक्ने हानिबारे कडा चेतावनी रहेको भन्दै उक्त महामारीले स्वास्थ्यसम्बन्धी खतराहरू अझ राम्ररी पहिचान तथा नियन्त्रण गर्न र विश्व स्वास्थ्य सुरक्षालाई पूर्णतः साकार पार्न हाम्रा विश्व स्वास्थ्य प्रणालीहरू कहाँ र कसरी सुधार हुनु आवश्यक छ भन्ने उजागर गरेको यूएसएआईडीले जनाएको छ । यूएसएआईडीको विश्व स्वास्थ्य सुरक्षा कार्यले रोगजन्य खतराहरूले महामारीको रूप लिनुअगावै तिनलाई रोक्ने, पत्ता लगाउने र तीविरुद्ध लड्ने देशहरूको क्षमतालाई सुदृढ गरी उक्त कमी पूरा गर्न मद्दत गर्नुका साथै देशहरूले राष्ट्रिय तहमा रहेका कमी तथा प्राथमिकताहरूलाई सम्बोधन गर्न सकून् भन्ने ध्येयले विश्व स्वास्थ्य सङ्गठनका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीसम्बद्ध लक्ष्यहरूलाई अघि बढाउदै पनि लगेको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा “वन हेल्थ” प्लेटफर्म र निगरानी प्रणालीहरूलाई सुदृढ बनाउन युएसएआइडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोष उपलब्ध गराउनेछ । यूएसएआईडीले संयुक्त राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठनमार्फत पनि काम गर्नेछ ।

विश्व स्वास्थ्य सङ्गठनमार्फत यूएसएआईडीले रोगहरू – विशेषतः नयाँ सङ्क्रामक रोगहरू – को निगरानीलाई सुदृढीकरण गर्ने नयाँ सङ्क्रामक रोगहरू र एन्टिमाइक्रोबियल प्रतिरोध पत्ता लगाउन राष्ट्रिय प्रयोगशाला प्रणालीहरूको सुधार गर्ने र सङ्क्रामक रोगसम्बन्धी स्वास्थ्य आकस्मिकता व्यवस्थापन प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने कार्यलाई सहयोग गर्नेछ ।

यूएसएआईडीले खाद्य तथा कृषि सङ्गठनमार्फत पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल प्रतिरोधको निगरानीलाई सुदृढ पार्ने, पशुजन्य रोगको निगरानीलाई मजबुत बनाउने र नेपालमा जैविक सुरक्षालाई सुधार गर्ने कार्यलाई सहयोग गर्नेछ । यी कार्यका निम्ति आगामी तीन वर्षमा यूएसएआईडीले करिब ८९ करोड रुपैयाँसम्मको कुल रकम उपलब्ध गराउनेछ, जुन रकम कोषको उपलब्धतामा निर्भर हुनेछ ।

नेपालमा यूएसएआईडी र “प्यान्डेमिक फन्ड” (महामारी कोष) बाट सहायता प्राप्त क्रियाकलापलगायत विश्व स्वास्थ्य सुरक्षाअन्तर्गतका सम्पूर्ण क्रियाकलापहरू नेपालले नेतृत्वप्राप्त मौजुदा “वन हेल्थ” समन्वय प्लेटफर्महरूमार्फत निकट रूपमा समन्वित हुनेछन् र तिनले सरकारका सबै तहमा काम गर्नेछन् ।

काठमाडौंमा आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भने, “यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।’

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ५० बजे

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप

राष्ट्र सङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल

श्रम नै जीवन र पूजा हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी