तामाङ समाज यूएईले काभ्रेको विद्यालयलाई गर्‍यो आर्थिक सहयोग « Khabarhub

तामाङ समाज यूएईले काभ्रेको विद्यालयलाई गर्‍यो आर्थिक सहयोग


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको संगठन तामाङ समाज यूएईले आर्थिक संकलन गरेर काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ स्थित विद्यालयलाई सहयोग गरेको छ । शिक्षाका लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले प्रत्येक वर्ष विभिन्न विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ ।

यस वर्ष काभ्रेस्थित तेमाल गाउँपालिका वडा नं ९ मा रहेको मैनाजाङ आधारभुत विद्यालयलाई नगद सहयोग गरिएको आयोजकले जनाएका छन् । यूएईमा संकलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको हो । काठमाडौंको बौद्धमा शनिबार आयोजित एक कार्यक्रममार्फत् समाजले तामाङ समुदायका जेहेन्दार विद्यार्थी सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित तीन जनालाई २०/२० हजारको दरले नगद छात्रवृत्तिसमेत प्रदान गरेको छ ।

त्यसैगरी, उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार सहयोग गरिएको छ भने नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०/२० हजार नगद राशिसहितको सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता तामाङ समाज यूएईका अध्यक्ष जितेन्द्र गोले तामाङले गरेका थिए । कार्यक्रममा नेकपा एमालेकी नेतृ नविना लामा, ताम्सालिङ संघर्ष समितिका डा. गणेश योञ्जन, तामाङ समाज यूएईका संस्थापक सदस्य तथा पूर्वअध्यक्षहरु राम मोक्तान, महेश मोक्तान लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ४० बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक