समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने « Khabarhub

समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश अनुसार उम्मेदवार बन्न नपाउने जानकारी दिएको हो ।

त्यस्तै, आयोगबाट राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछन् र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ।

पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम सोही दिन २ बजे सकिनेछ ।

राष्ट्रियसभा सदस्य उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ३१ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज