सरकारको प्राथमिकता आफ्नै सुरक्षा हो | Khabarhub Khabarhub

सरकारको प्राथमिकता आफ्नै सुरक्षा हो

‘पद र सत्ताका लागि सबैले मरिहत्ते गरेका छन्’


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ सरकार बनेपछि यो सरकारले देश र जनताका लागि काम गरोस् भन्ने अपेक्षा आम नागरिकको हुन्छ। भर्खरै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन भएको छ। नेकपा (एमाले)सहितको गठबन्धनमा बसेको सरकारप्रति नागरिकका धेरै अपेक्षा छन्। के नयाँ सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक उद्धव प्याकुरेलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

नयाँ सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला ?
नयाँ सरकार गठन भएको भर्खरै एक हप्ता हुँदै छ। प्रचण्ड म अन्तिम पटक प्रधानमन्त्री भएर केही गर्दछु भनेर सरकारमा जानु भएको छ। उहाँ एउटा कुरा बोलेर गठबन्धन गरेर चुनावमा विजयी हुनुभयो। तर अहिले अन्य दलसँग मिलेर सरकामा जानुभएको छ। अहिले धेरै विचार एजेन्डा भएका दलसँग सहकार्य गर्नु भएको छ। नयाँ ऊर्जासहित आएको उहाँको सारथि जुन स्थानीय तहमा चुनावमा नै गएन। त्यसैले सरकारको अहिलेको प्राथमिकता भनेको आफ्नो सुरक्षा हो। आफूलाई टिकाउनु हो।

अहिले सरकारले प्राथमिकतामा के के राख्नु पर्ला ?
पदबाट एक पटक त सबै हट्नु नै पर्दछ। त्यसैले जति बसिन्छ त्यति समयमा नै विकास गर्नुपर्छ। देशको पहिला सुधार्नु गर्न लाग्नु पर्ने भनेको आर्थिक क्षेत्र हो। अहिले संघीयता र प्रदेशको जुन वितृष्णा छ। त्यसलाई मिलाएर काम गर्नुपर्छ। प्रचण्डले तीन महिना नै सरकारमा बसे पनि राम्रो गर्नुपर्छ। प्रधानमन्त्री लाग्नुभयो भने उहाँ अगाडि हुन्छ। परिणाम दिन सकिन्छ। यो सरकार दुई वर्ष त नजाला। तर एक महिना नै बसे पनि राम्रो काम गर्न सकिन्छ। धेरै मान्छेले मन नपराउँदा नपराउँदै संघीय लोकतान्त्रिक आयो यो बाध्यताको उपज जस्तै भयो। पहिला संविधान बनेपछि त्यसको कार्यान्वयनको लागि सबै एक प्रकारको सहमति गरेर जानु पर्दथ्यो। तर त्यो बेला अहंकार वादका कारण सबैको फरक फरक सोचाई भयो। समग्रमा दल एक थिए। तर मत एक थिएन। अब त्यो छुट दललाई छैन।

राप्रपाले अहिले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भनेको छ। अब केही राम्रो होला ?
शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म प्रधानमन्त्री हुनका लागि मेरा एजेण्डा यी हुन् भन्नु पर्थ्र्यो। तर त्यो भएन। उनीहरूको बोलेर नै ५० प्रतिशत जति काम हुन्छ। अब, सुध्रिने भनेको कोही छैन। जो पनि पद र सत्ताका लागि नै मरिहत्ते गरेका छन्। अझै पनि आशावादी हुनुपर्दछ। उहाँहरूलाई सुधार गर्न तर्फ लाग्नु पर्दछ। तर अहिले पनि यो सरकारप्रति भर पर्न सकिँदैन।

सच्चिएर गर्ने काम धेरै छन्। तर त्यो किन हुँदैन ?
काम गर्ने इच्छाशक्ति भए अहिले सच्चिएर काम गर्न सकिन्छ। यो सरकारलाई काम गर्न कुनै समस्या छैन। सुधारको सुरुवात आफैंबाट गर्नुपर्छ अब मन्त्रीका अगुवा पछुवा घट्नुपर्छ। महंगा गाडीहरु घट्नुपर्छ। बाहिर व्यक्तिगत रूपमा गरेका जेसुकै नामका भए पनि खर्च सरकारले तिर्नु हुँदैन। आफ्नो लागि भन्दा पनि नागरिकका लागि सरकारले काम गर्नुपर्छ।
(एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : २७ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला