केन्द्रीय बैंक र सरकारबीच समन्वय आवश्यक छ « Khabarhub

केन्द्रीय बैंक र सरकारबीच समन्वय आवश्यक छ

‘अर्थतन्त्र सुधारका लागि सरकारले बैंक र व्यापारी छुट्याउनुपर्छ’


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ सरकारले अर्थतन्त्र सुधारको विषयलाई प्राथमिकताका साथ अगाडि सार्नुपर्ने विज्ञको सुझाव छ। सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार हुनुपर्ने भनेर अर्थविद्ले भन्दै आएका छन्। एकै वर्ष दुईदुई वटा चुनाव सम्पन्न भएर स्थानीय तहदेखि संघीय सरकारसम्म नयाँ नेतृत्व आएको छ। देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको आशंका भइरहेका बेला सरकारले यसलाई जोगाउन कस्तो कदम चाल्नुर्ला ? केन्द्रीय बैंकले के गर्नुपर्छ ? सरकारले केन्द्रीय बैंकसँग कसरी समन्वय गर्नुपर्छ ? यी र यस्तै विषयमा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

के कारणले नेपालको अर्थतन्त्र खस्किँदै गयो ?
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड कम हुँदै जाँदा नीतिगत रूपमा सरकार र केन्द्रीय बैंकबाट असाधारण ढंगले सहुलियत दिने काम भयो। असाधारण रूपले दिएको सहुलियतलाई हामीले साधारण रूपमा रोक्न सकेनौँ। जसले गर्दा बजारमा भएको पैसा सबै सकियो। असारमा एकदेखि पाँच प्रतिशतका दरले सहुलियत रूपमा कर्जा दियो। त्यो कर्जाबाट तीन सय अर्ब जति बजारमा गयो। मौद्रिक नीतिमा ९ प्रतिशत कर्जा विस्तार भनेको थियो। त्यसमा बैक तथा वित्तीय संस्थाले ३१ देखि ३२ प्रतिशतसम्म कर्जा विस्तार गरे। त्यसले गर्दा बजारमा पैसा भएन। कोभिड महामारीको समयमा ९ महिना लगातार रेमिटेन्स घट्यो। त्यो पैसा ५० प्रतिशत आयातमा गयो भनिन्छ। मौद्रिक नीति भनेको बजारमा कति लगानी गर्ने के गर्ने भन्ने हो। त्यसले गर्दा बजारमा प्रभाव परेको देखिन्छ। विदेशी सञ्चित कम्तीमा पनि एक वर्ष पुग्ने हुन्थ्यो। त्यो अहिले ६ महिनालाई पनि नपुग्ने भयो। युक्रेन र रुसको युद्धले हरेक खाद्यान्नको मूल्य बढ्यो, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो।

यस्तो अवस्थामा सरकारले तुरुन्त गर्नुपर्ने काम के हो ?
सार्वजनीक खर्च विवरणलाई सरकारले पारित गर्नुपर्छ। त्यो पारित भयो भने वित्तीय अनुशासन आफै बढ्छ। अहिले केही गरेर देखाउने समय हो। सबै दलको लक्ष्य भनेको देश विकास गर्नु हो। केन्द्रीय बैंक र सरकारको समन्वय हुनुपर्छ। नेपालमा उद्योग भन्दा व्यापार फस्टाएको छ। त्यसैले अब उद्योगतर्फ ध्यान दिएर ब्याजदर घटाउनुपर्छ। त्यो केन्द्रीय बैंकले गर्न सक्छ। उत्पादनमुलक उद्योग उत्थानको लागि सहयोगी बजेट ल्याउदा बजारमा पैसा जान्छ र अर्थतन्त्र माथि जान्छ। विलासिताका वस्तुहरू हटाउने काम गर्नुपर्छ। अब
डेलिभरी हुनका लागि पुरक बजेट आउनुपर्छ। आर्थिक प्रशासनलाई चुस्त बनाउने नीति ल्याउनुपर्छ।

उद्योगी सडकमा आएर नारा लगाउनु पार्ने अवस्था किन आयो ?
उद्योगीलाई व्यापार व्यवसाय गर्न पैसा चाहिएको हो। तर, बैंकमा पैसा नहुँदा यो अवस्था आएको हो। बैंक तथा वित्तीय संस्थालाई सहजता दिनुपर्छ। सरकारले बैंक र व्यापारी छुट्याउनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
– प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ०४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको