रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने « Khabarhub

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रामेछाप– यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए। ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु दुई लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः रु एक लाख, रु ५० हजार र रु ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : ५६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका