प्रधानमन्त्री दाहालद्वारा नयाँ भवनको अवलोकन « Khabarhub

प्रधानमन्त्री दाहालद्वारा नयाँ भवनको अवलोकन


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाचौँ तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए। उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए । 

सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताएका थिए । मुख्य सचिव शंकरदाश वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ४५ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी