नयाँ सरकारलाई नेपाल–भारत सम्बन्ध नयाँ शिराबाट अघि बढाउने अवसर | Khabarhub Khabarhub

नयाँ सरकारलाई नेपाल–भारत सम्बन्ध नयाँ शिराबाट अघि बढाउने अवसर


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र भारतबीच शताब्दीऔँदेखि धार्मिक, साँस्कृतिक, सामाजिक–आर्थिक र राजनीतिक सम्बन्ध रहीआएको छ । दुई मुलुकबीच खुला सीमा र सीमापार विवाह गर्ने चलनका कारण पारिवारिक र जनस्तरको सम्बन्ध पनि उत्तिकै मजबुत रहीआएको छ ।

भारतका प्रभावशाली प्राध्यापक एसडी मुनीको एउटा भनाइले दुई मुलुकबीचको सम्बन्धको प्रगाढता दर्शाउँछ । उनले नेपाल र भारत ‘विश्वकै सबैभन्दा नजिकका छिमेकी’ भनेका थिए ।

विभिन्न कूटनीतिक एवम् नागरिक साझदारीले यसलाई पुष्टि पनि गर्दै आएका छन् । उदाहरणका लागि नेपालका सेना प्रमुख भारतीय सेनाको मानार्थ जनरल रहने व्यवस्था छ भने भारतीय सेना प्रमुख पनि नेपाली सेनाको मानार्थ जनरल रहने व्यवस्था छ । त्यस्तै, भारतीय सेनामा नेपाली गोर्खाली सैनिक पनि कार्यरत रहँदै आएका छन् ।

नेपालमा भारतको संलग्नता वसुधैव कुटुम्बकम् र छिमेकी प्रथम नीतिमा आधारित छ । यस आधारमा भारतले नेपाललाई पूर्वाधारको विकासमा सहयोग, अनुदान, मानव सुरक्षा, मानव विकास सूचकांकमा सुधार र ७२ सालमा गएको भूकम्पजस्तो विपदको समयमा सहयता पनि प्रदान गर्दै आएको छ ।

स्वतन्त्रतापछि पनि भारतले नेपालमा निकट सम्बन्धको विकास गरेको छ । सन् १९५० को शान्ति तथा मैत्रि सन्धिमार्फत दुई मुलुकबीच ‘विशेष सम्बन्ध’ कायम छ । यसअनुसार एक मुलुकका नागरिकलाई अर्को मुलुकको भ्रमण गर्न, व्यापार गर्न, बसोबास गर्न, रोजगारी प्राप्त गर्नलगायतको व्यवस्था गरिएको छ ।

दुई मुलुकबीचको सम्बन्धमा बेलाबेला तिक्तता पनि आउने गरेको छ । पछिल्ला केही वर्षमा पनि दुई मुलुकबीचको सम्बन्ध अपेक्षाअनुसार सुमधुर हुन नसकेको पनि सत्य हो । खासगरी ७२ सालमा मधेशको विषयले उग्ररुप लिएका बेला नेपालका नेताहरुले भारतलाई दोष लगाएका थिए ।

पछिल्लो समयमा नेपालका नेताहरुले घरेलु राजनीतिक खपतका लागि भारतलाई नराम्रो देखाउने अभ्यास पनि देखिने गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दुई मुलुको सम्बन्ध अपेक्षाअनुसार सुमधुर बन्न सकेको थिएन ।

ओलीको प्रधानमन्त्रीत्वकालमा लिम्पियाधुरा, कालापानी, लिपुलेकजस्ता दुई मुलुकबीच रहेको भौगोलिक विवाद पनि सतहमा आएको थियो । यसबाहेक ओलीले भगवान् रामको जन्मभूमिबारे पनि प्रश्न उठाएका थिए ।

कतिपय विश्लेषकहरु भने ओलीले चालेका कदम र उनको बयानबाजीलाई नेपालको अस्थीर घरेलु राजनीति र चिनियाँ प्रभावको प्रतिबिम्बको रुपमा चित्रित गरेका छन् ।

धेरैले यसलाई तत्कालिन गठबन्धन सरकारमा आफ्नो स्थान असुरक्षित हुँदा ओलीले जनताको ध्यान अन्यत्रै मोड्न अख्तियार गरेको रणनीतिको रुपमा पनि अथ्र्याएका छन् ।

यद्यपि शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला भने दुई मुलुकको सम्बन्ध सुमधुर हुने दिशामा अघि बढेको थियो । सम्बन्धमा सुधार आएको सन्देशस्वरुप यसै वर्षको वैशाख पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा दुबै मुलुकले संयुक्त रुपमा लुम्बिनीलाई ‘बौद्ध सर्किट’ मा संलग्न गराउने योजना अघि सारेका थिए ।
पश्चिम सेती जलविद्युत परियोजनाजस्ता नेपालका पूर्वाधारको विकासमा पनि भारतले साझेदारी गरिरहेको छ । यसबाहेक शिक्षा क्षेत्रमा पनि दुई मुलुकले साझेदारी गरिरहेका छन् ।

प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ अटल रहेको बताएका थिए । यसलाई पनि दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुँदै गएको अर्थमा लिइएको छ ।

हालै सम्पन्न निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । यससँगै दुई मुलुकबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ ।

प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्री मोदीले बधाई दिँदै दुई मुलुकबीचको सम्बन्ध मैत्रिपूर्ण हुने अपेक्षा गरेका थिए । दुबै पक्षले सम्बन्ध सुधार गर्न आफूहरु उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

केही समयअघि एक अर्काविरुद्ध आलोचनामा उत्रेका ओली र प्रचण्डबीचको समझदारीबाट नयाँ सरकार गठन भएको छ । यससँगै दुबै मुलुकका लागि एक अर्कासँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने मौका जुरेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ४६ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र