राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान जिपिटिएद्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उनले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताए ।

परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक नेतृत्वले लिएको सिद्धान्तलाई कार्यान्वयन गर्न कर्मचारीतन्त्र लाग्नुपर्नेमा जोड दिँदै उनले निजामती कर्मचारी कुनै पनि शासन व्यवस्थाको ऐना रहेको बताए ।

सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनकै लागि गण्डकी प्रदेश सरकारले कर्मचारीका लागि नियमितरुपमा तालिम सञ्चालन गरेको मुख्यमन्त्री पोखरेलले बताए । सङ्घीयता कार्यान्वयनका सिलसिलमा केन्द्र सरकारसँग धेरै विमति रहेको उल्लेख गर्दै उनले प्रहरी समायोजनमा विलम्ब, निजामती कर्मचारी ऐन ल्याउन आलटाल गरेर प्रदेशलाई कमजोर बनाउन खोजिएको बताए ।

मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्यलगायतले तालिमबाट वृत्ति विकासका साथै व्यक्तिगत क्षमतामा समेत सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले अधिकृतस्तरका कर्मचारीका लागि थालेको ३० दिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिइएको बताए ।

कर्मचारीको ज्येष्ठता, प्रदेश र स्थानीय तहमा समायोजन भएको मितिलगायत विषयलाई आधार मानी तयार पारिएको मापदण्डअनुसार कर्मचारी छनोट गरिएको उनले जानकारी दिए । तालिमका लागि पाँच सयभन्दा बढी इच्छुक रहे पनि ६० जना छनोटमा परेको र ५६ जना तालिममा सहभागी भएको उक्त अवसरमा जानकारी गराइयो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : २० बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग