श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट « Khabarhub

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन्।

श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन्। शुक्रबार नै नी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भइन्।

परराष्ट्रमन्त्री पौड्याल आज शनिबार बिहान सूर्योदयसँगै श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भएकी छन्। उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ०७ बजे

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई

हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा एक विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न

कञ्चनपुरको खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य