‘ज्येष्ठ नागरिकको शिक्षा नीति आवश्यक छ’ | Khabarhub Khabarhub

‘ज्येष्ठ नागरिकको शिक्षा नीति आवश्यक छ’

नेताले चढ्ने गाडी किन्ने पैसाले गाउँमा विद्यालय खोल्नुपर्छ


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चट्याङ मास्टर भनेपछि सबैले व्यङ्ग्य कविका रूपमा चिन्छन्। उनले यो परिचयलाई फराकिलो बनाउँदै लगेका छन्। २०१० सालमा जन्मिएका कृष्ण मुरारी गौतम अर्थात चट्याङ मास्टर ७० वर्ष पुग्नुभयो। आफै ज्येष्ठ नागरिक हुने तरखरमा हुँदा अरू ज्येष्ठ नागरिकको समस्यालाई आफ्नो समस्या ठान्दै उनले विभिन्न अभियान चलाएका छन्। एजिङ नेपालसँगै उनले गरेका काम र उनको जीवनसँग जोडिएका विभिन्न विषयमा आधारित रहेर कृष्ण मुरारी गौतमसँग नयन सापकोटाले गरेको कुराकानीमा सम्पादित अंश :

कृष्ण मुरारी गौतमको जीवन कसरी सुरु भयो ?
जहाँ म जन्मिए त्यो ठाउँ धौउखेल हो। अहिले चाँगु नगरपालिका वडा नम्बर ३ मा पर्छ। म संसार घुमेको छु। ६०–७० देश पुगेको छु। त्यो जस्तो राम्रो ठाउँ अरू कतै लाग्दैन। म मेरो परिवारको जेठो नाती जे बिगो गर्न पनि पाइने बडो मज्ज्जा थियो। मेरो हजुरआमा मात्र त्यो टोलमा साक्षरता महिलाको रूपमा रहनु भएको थियो। हजुरआमाको आड पाएर धेरै बदमासीका काम गरियो। त्यस बेलामा बालकले जति माया पाउनु पर्ने हो त्यो भने मैले पाएको थिएँ। मेरो व्यक्तित्व विकासमा हजुरआमाको ठूलो हात र साथ रहेको छ। हजुरआमाको कोमलपन र बुबाको कठोराको बीचमा रहेर हुर्किएको हुनाले मेरो चरित्रमा पनि त्यो देखिन्छ।

तपाईंको पढाइको सुरुवात कहाँबाट भयो ?
गाउँबाट नै भएको हो। एउटा प्राइमरी स्कुलबाट भएको हो। त्यो पनि भर्खर खुलेको स्कुल भएर तथा म भाग्यमानी भएर होला। त्यस स्कुलमा चार कक्षासम्म पढेँ। त्यसपछि भारत गएरा पढ्न थालेँ।

तपाईंले माध्यमिक तहको पढाई भारतबाट पुरा गर्नुभयो ?
होइन कक्षा ६ सम्म त्यहाँ पढेर फेरि नेपाल आएर भक्तपुरमा माध्यमिक अध्ययन पनि सकाएको थिएँ।

एसएलसी पछि कहाँ बाट पढ्नु भयो ?
छात्रवृत्ति पाएर उच्च शिक्षाको लागि म पाकिस्तान गएको थिएँ। १९७१ सालमा पाकिस्तानबाट बङ्गलादेशको जन्म भयो। त्यसपछि नेपाल आएर इन्डिया गएँ। इन्डियाबाट आएर रामपुरमा पढाउन थालेँ। छात्रवृत्तिमा नै अष्ट्रेलिया गएर स्नातकोत्तर पढेको थिएँ। त्यसपछि वैकल्पिक ऊर्जा सम्बन्धी पनि पढेको थिएँ। त्यसपछि अमेरिका गएर पनि तीन चार महिना सौर्य ऊर्जा बारेमा पढेको थिएँ। सिंचाईमा पनि काम गर्न थालेको थिएँ। जसमा सल्लाहकारको रूपमा रहेको थिएँ। त्यसपछि छात्रवृत्ति नै फिलिपिन्स गएर पढेको थिएँ।

पढाइमा तपाईंको पैसा लागेन होइन ?
पढेर त मैले उल्टो पैसा कमाएको छु। मलाई त तिमी पढ म पैसा दिन्छु भनेको मात्र थाहा छ। मैले आफैले पढ्नु परेको भए सक्दिन थिएँ हालो। सायद घरको स्थिति पनि उच्च वर्ग भने होइन। नेपाल त विदेशीको लागि बन्धढोका जस्तो नै थियो। त्यसमा पनि समयको फाइदा भने मैले उठाएँ।

पहिले र अहिलेको शिक्षामा के फरक पाउनु भएको छ ?
पहिलेको शिक्षाको शिक्षा आर्जन गर्न साथ सदुपयोगमा आएको थियो। अहिलेको शिक्षा भने पढेर पनि आफ्नो देशमा नभएर अन्य देशको लागि महत्त्वपूर्ण रहेको छ। पहिलेको शिक्षाको उचित प्रयोग समयसँग हुने गरेको थियो। अहिले फरक र शिक्षाको आर्जन मात्र नै भएर बेरोजगारी पूर्ण स्थिति रहेको छ। अहिलेका नेता गरिब रहेको अवस्था छ। जुन धनमा मात्र नभएर शिक्षामा गरिब, देशबारे जानकारीमा गरिब र सोचाइमा नै गरिब छन्।

यसमा नेतृत्वमा बस्ने व्यक्तिको कमजोरी देख्नु हुन्छ ?
हो। यहाँ शिक्षाले दरिद्र, पैसाले दरिद्र, सोचाइले दरिद्र, दरिद्र मानसिकताको विकास भएको छ। नेताले चार करोडको मोटर चढेर हिँड्नु राम्रो हो ? त्यही पैसाले गाउँमा दुई तीन वटा स्कुल बनाएर बालबच्चाको भविष्य उज्ज्वल बनाउनु राम्रो हो भन्ने कुरा बुझेका छैनन्। उनीहरूको सोचमा देश होइन पहिले आफ्नो भेषलाई मान्यता दिएको देखिन्छ।

कृष्ण मुरारी गौतमबाट चट्याङ मास्टरको नामबाट कसरी परिचित हुनु भयो ?
म पन्जाबमा बीएसी एग्रिकल्चर पढ्न चार वर्षीय कोष पढ्न गएको थिएँ। त्यस समयमा यति समयमा यति तथा यो सेमेस्टर पढेर सक्छु भनेर धेरै लोड लिएको थिएँ। पढ्दै जाँदा त्यो कोष सक्न मलाई तीन वर्ष पनि लागेन। नेपाल आएर जागिर खान थाले र अफिसमा तीन घण्टा काम गरेपछि सकिँदो रहेछ। अफिसको काम गरेपछि बाँकी पाँच घण्टा के गरेर बस्नु ? जम्मा आठ घण्टा हो काम गर्ने समय थियो। गफको आधारमा साप्ताहिक पत्रिकामा लेख पनि छापियो। मेरो लेख छापिएपछि धेरैले पढेको प्रतिक्रिया दिएँ। मान्छेले चिन्नका लागि त यो पो गर्नुपर्ने रहेछ भन्ने लाग्यो। अनि मैले पाँच वटा देशका सात वटा विश्वविद्यालयमा गएर अध्ययन गरेको अनुभव र नेपालको सन्दर्भमा लेख्न थालेँ। मैले सिंगो समाजलाई सोचेर लेख्न थालेपछि मलाई धेरैले चिन्न थाले। त्यसपछि मेरो परिचय पनि बदलियो।

तपाईंले सुरुमै व्यङ्ग्य लेख्नु भएको हो ?
हो सुरुमा नै हाँसो उडाउने खालको लेख लेखेको थिएँ। जुन कुरो देशले नीति तथा कार्यक्रम ल्याएको थियो। व्याङ्ग्य भनेको वैकल्पिक दृष्टिकोणका रूपमा रहेको छ। बाङ्गो दृष्टिले हेर्नुलाई यसले जनाउँछ। बाहिर हिँड्दा पनि चट्याङ मास्टर गयो भनेको सुन्दा खुसी लागेर आउँथ्यो। समाजको सुधार गरौं भनेर सिस्नो पानी जस्तो संस्थाको विकास गरिएको छ।

तपाईंले चट्याङ गीता पनि लेख्नु भयो ?
हो हो मैले चट्याङ गीता पनि ६ वटा देखेको छु। मलाई लाग्छ गीता भनेको ऋणको कुरा हो।

व्यङ्ग्यको शक्ति कति हुने रहेछ ?
शक्ति भन्नुस् तथा विचार भन्नु यो धेरै बलवान रहन्छ। त्यसको लागि गणतन्त्रको नेपाललाई हेरेमा पनि हुन्छ। जस कारण विचार अनुसारको धारणा र विश्वास हुन आवश्यक रहेको छ। विचारको ठूलो शक्ति हुन्छ बनाउनहोस् तथा बिगार्नमा त्यो एक सत्य कुरा हो। मान्छेको सबभन्दा ठूलो शक्ति भनेको विचार हो। त्यसमा नकारात्मक सोच घुस्नु भएन। रेडियो सगरमाथामा मैले सिद्धसँग काम गरेको छु। आफ्नो विचार धारामा सुधार ल्याएको तथा ममा धेरै परिपक्वता भएको अनुभव गरेको थिएँ। अरूले काम गर्छ भन्ने लोभ नराखी म आफंै गर्छु भनेर जुनसुकै कार्यमा पनि तल्लीन रहने आम नागरिकको दायित्व रहेको छ।

व्याङ्ग्यलाई अवतरण गर्दै प्रस्फुटन हुनेतर्फ तपाईंले माया मार्नु भएको हो ?
होइन। म एक भाग्यमानी मान्छे हो। धेरै अवसर पाएँ। जसमा धेरै कार्यमा पनि लागिरहेको थिएँ र छु। ६० वर्ष माथिका मानिस सबै नभएर ४० प्रतिशतले भने सरकार चलाउने क्षमता रहेको छ। तर नेपालमा भने म गरिब म दुःखी भनेर आफूलाई दयनीय अवस्थामा लग्ने प्रविधिको विकास भएको मात्र देखिन्छ। जस कारण देशमा कुनै प्रकारको पनि विकास हुनसक्ने अवस्था नरहेको देखिन्छ। जस कारण यो पाका मानिसको युग हो।

देशको नेतृत्व विकास तथा देश परिवर्तनमा ज्येष्ठ नागरिकको संख्या त्यो नै मूल संख्या हो ?
हो। यसमा म धेरै सहमत छु। त्यो कार्यान्वयनमा निरन्तर लाग्नको लागि जरुरी रहेका छन्। हाम्रो देशको सोच भने ज्येष्ठ नागरिक भनेको रोगी रहेका हुन्छन् भन्ने सोच राख्छन् तर त्यो म गलत मान्छु। युवा भन्दा ज्येष्ठ नागरिकको सोच विचार धेरै मात्रामा रहेको हुन्छ। बलिया बाङ्गालाई मात्र मान दिने हरलुरा कमजोर पनि देशका लागि केही न केही कार्यमा निहित रहेका हुन्छन्। त्यसतालाई मौका र उत्साहको खाँचो हाम्रो जस्तो देशमा रहेको छ। जस कारण ज्ञान अनुभवलाई मान्नु जरुरी रहेको छ।

तपार्इं ज्येष्ठ नागरिक हुँदै जाँदा समाजलाई कसरी बुझ्नु भएको छ ?
अल्जाइमर भन्ने रोग लागेर मेरो बुबा बिरामी हुनुभयो। यो रोग भनेको दिमागले काम नगर्ने सबै बिर्सने मान्छे पनि नचिन्ने समस्या हो। यो रोग ६० वर्ष भन्दा माथिकालाई लाग्ने धेरै सम्भावना हुनेरहेछ। जस कारण दिनभर काम नगरेमा बेलुका खान पनि नपाउने धेरै रहेका छन्। त्यस्तो अवस्था भएका व्यक्तिहरू पनि रहेको अवस्था छ। ज्येंष्ठ नागरिकको सेरोफेरोमा रहेर काम गर्न एजिङ नेपाल नामक संस्था खोलेको हो। बुवाको अवस्थाले गर्दा पनि धेरै कुरा सिक्ने मौका पाएको छु। देशको नाम विश्वमा उजागर गर्न मन लाग्छ।

संयुक्त राष्ट्र संघको ५० वटा विश्व नेतामा तपाईं पनि पर्नु भयो यसको भूमिका के थियो ?
कतिपय कुराहरू उमेरले मात्र सिकाउने रहेछ। कलेज, स्कुल पढेर देखेर मात्र नहुने रहेछ। आफूले अनुभव गरेर पनि धेरै ज्ञान लिन सकिने रहेछ। अहिलेको समस्या के भनेर बुझ्न सहज भएको छ। मैले कृषि विकासमा पनि काम गरेको थिएँ। धेरै खालको अनुभव र ज्ञान हासिल गर्नुका साथै ज्ञान बाढ्ने मौका पनि पाएकोमा गर्व लाग्छ। कृषिका लागि हामी योजना बनाएर जाने गरेको अवस्थामा कतिपय योजना बिगारेको पनि अवस्था थियो।

हाम्रो समाजको ज्येष्ठ नागरिकको अवस्था के छ र ज्येष्ठ नागरिकले के चाहेका छन् ?
ज्येष्ठ नागरिकलाई खुसी राख्न त आफ्नो परिवार तथा छोरा छोरीबाहेक अरूले गर्न नै सक्दैन। त्यसमा कुनै संकोच नै लिनु पर्दैन। त्यही उमेरका र त्यही परिवार बाहेक अन्यको दायरामा नै नरहेको अवस्था छ।

एकल परिवारको प्रचलन धेरै मात्रामा रहेको छ। यसलाई तपाईं के भन्न चाहनु हुन्छ ?
यो चाहना पनि हो र कतिको बाध्यता पनि रहेको हुन्छ। जसको कारण बालबच्चामा हजुरबा हजुरआमाको अभाव तथा ज्ञानको कमी रहेको अवस्था सिर्जना भएको छ। अहिलेको अवस्थामा ज्येष्ठ नागरिक गाउँमा, बुवा आमा काठमाडौंमा, छोराछोरी इन्डियामा अनि कसरी हुन्छ। आफू आफूमा एकल हुँदै गएको अवस्था छ। आज भन्दा करिब ५० वर्ष अगाडि मानिसको औसत आयु ३० वर्ष थियो। जुन अहिलेको मानिसले ७० वर्षमा गर्ने काम त्यस बेलाका मानिसले ३० वर्षमा सम्पन्न गरेको अवस्था थियो। अहिले त्यसमा धेरै मात्रामा कम हुँदै गएको छ। जसमा ४० वर्ष थप भएको छ। थप ४० वर्ष राष्ट्रको उत्थानमा कहाँ प्रयोग गर्ने भनेर सोच्नु आवश्यक छ।

आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान टुक्का उपयुक्त भएको हो ?
अहिलेको समाजको मान्यतामा ज्ञान भनेको कम्प्युटर चलाउन जान्नु र मोबाइल चलाउनु मात्र हो भन्ने भावना रहेको छ। प्रविधिमा जानु मात्र राम्रो हो भन्ने सोचको विकास भएको छ। पहिलेको अवस्थामा त्यसको कुनै औचित्य नै थिएन। हाम्रो समाज तथा शिक्षा नीतिलाई बुद्धि किन नआएको आफ्नो बा–आमालाई पनि यस्ता कार्यतर्फ प्रोत्साहन गर्नको लागि त्यो अहिलेका समाजको कमजोर पक्ष रहेको छ। सबैमा सिकाउने मान्यताको विकास हुनु आवस्यक रहेको छ। यहाँ ज्येष्ठ नागरिकको शिक्षा नीति लागू हुन आवश्यक छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ०१ बजे

सवारी दुर्घटनामा एकजनाको मृत्यु

डोटी– शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल

काठमाडौँ – युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह

लमजुङ दरबार निर्माणको काम ठप्प

लमजुङ– बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन