मलेसियाली गृहमन्त्री नासुसन आज फर्कँदै  « Khabarhub

मलेसियाली गृहमन्त्री नासुसन आज फर्कँदै 


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन दिने नेपाल भ्रमण पुरा गरी मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ नेपाल आएका नासुनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए ।

दुवै भेटमा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो। ‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकता अनुसारको सुधार गर्नेछौँ,’ श्रममन्त्री डोलप्रसाद अर्यालले भने “नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

मलेसियाका गृहमन्त्री नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिक मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको जानकारी दिएका थिए। मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको पनि उनले बताए । उनले भने, ‘कामदारहरूका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ। मलेसियामा भइरहेका नेपालीहरूको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।’ उनका अनुसार मलेसियालाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालबाट लानका लागि आफूहरू तयार रहेकाले नेपाल भ्रमण गरेको सुनाए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : १५ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी