खोटाङमा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणसम्वन्धी सचेतना कार्यक्रम  « Khabarhub

खोटाङमा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणसम्वन्धी सचेतना कार्यक्रम 


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ।

सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सूर्य माबि सुंदेलमा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको हो। वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, वाल क्लब, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ।

युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा पर्ने नकारात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिवृद्धि गर्न, सुर्तीजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागीलाई धूम्रपान तथा सुर्ती सेवन गर्न छाडे हृदयाघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने, मुख, दाँत, गिजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषयबारे जानकारी दिइएको छ।

कार्यक्रम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवकुमार राईको अध्यक्षता एवं सूर्य माबिका प्रअ ललितचन्द्र राईको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो। स्वास्थ्यचौकी सुंदेलका प्रमुख रामप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा हेल्थअसिस्टेन्ट मुडामणी जैसीले स्वागत मन्तव्य दिएका थिए।

सन् २०२० को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ। सन् २०१८ को तथ्याङ्क हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ। विश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : ५५ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट