नयाँ सांसदहरुले पनि मतदातामाथि धोका दिएका छन् « Khabarhub

नयाँ सांसदहरुले पनि मतदातामाथि धोका दिएका छन्

‘प्रेमप्रसादले औल्याएका सबै बुँदामाथि छलफल गर्नुपर्छ’


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नागरिकमा आम नेपाली भएर बाच्न हम्मेहम्मे परेका बेला इलामका युवा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह अहिले पनि बहसमा छ । पछिल्लो समय आर्थिक र सामाजिक कारणले मानिसहरुमा धेरै उतारतढाव आउँदा यसले छुट्टै बहस र नेपाली समाजको चित्रलाई उदांगो पारेको छ । आर्थिक र सामाजिक विकृतिका कारणले वा भ्रष्टाचार र कुशासनकै कारणले गर्दा देशमै युवा उद्यम गरिरहेकाहरु कि विदेश जानु परेको छ कि त यसरी दैनिक आत्मदाह गर्ने अवस्थामा पुगेका छन् ? आखिर किन र यो कहिलेसम्म हो ? यसै विषयमा आधारित भएर वरिष्ठ पत्रकार हरिबहादुर थापासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय सरकार नै जनताको शत्रु भएको हो ?
शत्रु नभएको भए किन सबैले दुःख पाएका छन् । सरकार हाम्रो अभिभावक हो । तर त्यो जनताले अनुभव गर्न पाएका छैनन् । सहरमा धेरै पैसा कमाउन भन्ने मान्छे छन् । पञ्चायतकालमा कर्मचारीहरू धेरै डराउँथे । कारबाही हरेक ठाउँमा गुप्तचर छोडिन्थ्यो । कडा कारबाही हुन्थ्यो, अहिले कर्मचारीतन्त्र राजनीतिक दलीय रूपमा संरक्षित छन् । हरेकतिर अहिले भुक्तानी रोक्यो र त्यसले गम्भीर समस्या ल्याएको कारण प्रेम प्रसादहरू त्यसको सिकार भए ।

आत्मदाह र आत्महत्या गर्ने व्यक्तिहरू वैयक्तिक समस्याका सिकार हुन् ?
यसमा हामीले गहन तरिकाले हेर्नु पर्दछ । १३ औ हजार व्यक्तिहरू बैंकको कालो सूचीमा परेका छन् । कोहीले नियत बस रूपमा पनि नतिरेका हुन्छन् । उसको जीवनशैली राम्रो छ गाडी चढेर हिँड्छन् । तर बैंकको ब्याज तिर्दैन भने उसलाई कारबाही गर्नु पर्दछ । त्यसमा केस वाईज रूपमा गयो भने परिणाम आउँछ । मिटर ब्याजीको कुरामा मिटर ब्याजीले त्यो लिएपछि राज्यलाई कति कर तिर्यो ? अरूले एभरेज भन्दा माथि गए ब्याज तिर्नु पर्दछ उनीहरूले कति तिरे त ? सम्पत्ति शुद्धिकरण के का लागि त ? राज्य संयन्त्रले पनि कारबाही गर्दछ भन्ने हुनु पर्याे

यो राज्य संयन्त्र यति धेरै नालायक, निरीह किन हुन सक्छ ?
हाम्रोमा राज्यसँग संस्थागत सोचमा काम गर्ने प्रवृत्ति कम हुँदै गयो । कर्मचारीहरू दलीयकरण हुँदै गए, राजनीतिक पार्टीसँग सम्बन्धित भए । यसको प्रतिफलमा प्रेम प्रसाद आचार्य आत्मदाह गर्न बाध्य भए । बाहिर धनीले आत्महत्या गर्छन्, तर हाम्रोमा साना गरिबले गर्छन् ।

कर तिर्न पनि घुस खुवाउनु पर्ने, भोलि प्रेम प्रसादको जस्तो अवस्था अरूको नहोस् भन्ने वातावरण अब बन्ला त ?
अनुसन्धान भएका पहुँचवाला नै छन् । अहिलेसम्म त चोखिएका नै छन् । कारबाही भएको छैन, अब के हुन्छ त्यो समय अनुसार थाहा हुन्छ ।

पुराना दल र नयाँ दलहरू सबै सत्ताका लागि नै मरिहत्ते गर्ने भए अब राम्रो होला त ?
पुराना दलहरू अलिकति धैर्य गर्ने खालका थिए । जेल बसेर आएका पनि थिए । नयाँमा धैर्यता देखिएन । सम्बन्धित व्यक्तिगत स्वार्थ बाझिने मन्त्रालयमा नै गएँ । तत्काल सत्ता उनीहरूलाई चाहिएको थिएन । कम्तीमा जनताले सांसद भनेर चिन्ने ठाउँ त राख्नु पर्याे । मुलुकका ५ जना प्रमुखहरू प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र अख्तियारका प्रमुखले सक्रिय भएर काम गरे मुलुकमा नराम्रो हुँदैन । राज्यका मेकानिज्महरुले काम नगर्दा जबसम्म कारबाही गरिँदैन, तबसम्म कुनै समस्या समाधान हुँदैन । पुरानाका त हामीसँग अनुभव थियो । नयाँसँग हाम्रो आशा थियो नि, तर नयाँले पनि मतदाताको मतमाथि धोका दिए जस्तै भयो । सांसदहरू हाम्रो मुलुकको समस्यामा जानकार नै छैनन् । हाम्रोमा संवैधानिक अंग छ । यदि पूर्वाधार थिएन भने हामीले सामग्री त्यो किन ल्याएको त । राज्यको हरेक निकायमा कमिसन, विकासको बजेटबाट आएको कमिसनबाट गाडी खरिद गर्ने त्यस्ता काम मात्र छिटो हुन्छ । नाइँ भन्ने कर्मचारीलाई फालियो ।

आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले बचत तथा ऋण एवं माइकोफाईनान्सहरु बन्द गर्नु पर्दछ भन्नु भएको छ, के त्यो सही सुझाव हो ?
उहाँले जति पनि बुँदा औँल्याउनु भएको छ, त्यो बुँदा माथि छलफल हुनु पर्दछ । यो समस्या मुलुककै समस्या हो । एक व्यक्तिको मात्र हैन । नियत र बदनियत हेर्नु पर्दछ ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : १६ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष