नारायणमा रहेका अवैध संरचना हटाइँदै | Khabarhub Khabarhub

नारायणमा रहेका अवैध संरचना हटाइँदै


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दैलेख– नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो ।

नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडकपेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताए। उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले रू एक करोड रकम छुट्टाएको छ ।

‘सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा दुई करोड ६० लाख छुट्टाएर  काम गर्ने लक्ष्य लिएको छ’, उनले भने। बजार क्षेत्रको व्यवस्थित विकासका लागि नयाँ सडक निर्माण थालिएको वडा नं १ का वडाध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए । निर्माणको जिम्मेवारी लिएको कम्पनीलाई ताकेता गर्नुका साथै सदरमुकामका बासिन्दालाई खबरदारी पनि गर्नुपर्ने श्रेष्ठको सुझाव छ ।

यहाँ आउने आन्तरिक र बाह्य पर्यटकका लागि पनि व्यवस्थित सडक आवश्यक देखिएपछि तीन महिनादेखि नगर उपप्रमुख तप्तकुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरिएको थियो । पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडकपेटी र घरटहरा भत्काएसँगै सडक पुनः पिच गर्ने नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा जिल्ला समन्वय समितिको भवन, बालमन्दिरको भवन भत्काउने काम सुरु गरिएको नगरपालिका उपप्रमुख थापाले बताए ।

सदरमुकाममा वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या अब हट्ने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ०६ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो