सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् । झापाको बिर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए ।

‘अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ’, उनले भने, ‘सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।’ हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ । यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, ‘हाम्रा कारणले नामकरण रोकिएको होइन ।’

उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए। त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसंग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।
पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के-कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए। सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् ।

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष छन् । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका अग्रज हुन्। पकुवाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : १८ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी