तान्जानियामा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु « Khabarhub

तान्जानियामा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तान्जानियाको उत्तरी क्षेत्रमा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । घटनामा अरु १२ जना घाइते भएका छन् ।

टाँगा क्षेत्रका आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनीबस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

गाडीलाई ओभरटेक गर्दा चालकले सावधानी नअपनाउँदा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको मगुम्बाले बताए ।

घाइतेमध्ये १० जनालाई उपचारका लागि टाँगा क्षेत्रीय सरकारी अस्पतालमा लगिएको छ भने दुई जनाको कोरोग्वे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : १८ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट