यातायात क्षेत्रमा गम्भीर लापरवाही बढ्दै « Khabarhub

यातायात क्षेत्रमा गम्भीर लापरवाही बढ्दै


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् ।

यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे) गरेर पनि गाडी चलाउने चालक फेला परिरहेका छन् ।

काठमाडौँ उपत्यकामा स्कुल बसका चालकदेखि विद्यार्थीसमेत लापसे र मापसे गरेर गाडी चलाएको फेला परेपछि त्यसविरुद्ध काठमाडौँ प्रहरी आक्रामकरूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले अहिले जाँच अभियानलाई तीव्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

सोही अभियानका क्रममा आज काठमाडौँको ठमेललगायतका क्षेत्रमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त लैनचौरले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन जना चालक फेला परे । भट्टका अनुसार बागमती प्रदेश ०२–०२६प ८९६० नंको मोटरसाइकल चालक नुवाकोट घर भई नेपालटार बस्ने ३५ वर्षीय रवीन्द्र आचार्य, रा७प ९३१ नंको स्कुटर चालक सल्यान घर भई सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२–०१६प ०७७८ नंको मोटरसाइकल चालक इलाम घर भई बौद्ध बस्ने २६ वर्षीय विवेक प्रधानलाई पक्राउ गरिएको छ ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषधसमेत सेवन गरी सवारी चलाइएको पाइएपछि यसरी प्राविधिक टोलीसहित किटको प्रयोग गरी जाँच अभियान सञ्चालन गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । उनले यसरी मापसे वा लापसे गरेर सवारी चलाउँदा आफ्नोमात्रै नभई यात्रुको ज्यानसमेत जोखिम हुने हुँदा सचेत हुन चालकलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ३६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक