म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि « Khabarhub

म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।

आज भएको फाइनलमा २–१ को सोझो सेटमा आयोजक तादीलाई म्यागङ गाउँपालिकाले हराएको हो । प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम भएको म्यागङले रू एक लाख ५० हजार, दोस्रो भएको तादीले रू एक लाख र तेस्रो भएको पञ्चकन्याले रू ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि पूर्वखेलकुदमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रदान गरे।

उनले प्रतियोगिता सञ्चालन गरिएको अमरज्योति माध्यमिक विद्यालय खरानीटारको खेलमैदानलाई क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाए ।

खेलमार्फत् विकास, अनुशासन र गतिशीलता दिन सुरु भएको भलिबल प्रतियोगिताको आगामी वर्षहरूमा थप निरन्तरता दिँदै महिला र पुरुष दुवैको सहभागिता गराउने आयोजक तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले बताए । यही माघ १८ देखि सुरु भएको प्रतियोगितामा जिल्लाको १२ पालिकाबाट १३ समूहको सहभागिता थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : १९ बजे

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा