गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरलाई « Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरलाई


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तहस्तरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि पर्वतको फलेवास नगरपालिकाले हात पारेको छ ।

आज भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरकोे थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा फलेवासले २५–१९ को अन्तरमा जित हात पारेको थियो । दोस्रो सेटमा भने महाशिला लयमा फर्किँदै २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । खेलको तेस्रो सेट पनि महाशिलाकै पक्षमा रह्यो । तेस्रो सेटमा महाशिलाले २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । चौथो सेटमा भने अघिल्ला दुई सेटको नतिजा उल्ट्याउँदै फलेवासले महाशिलालाई पराजित ग¥यो । फलेवासले २७–२५ को अन्तरमा महाशिलालाई पराजित गर्न सक्यो ।

दुवै समूहको दुई–दुई सेटको बराबरी कायम रहेको अवस्थामा पाँचौँ तथा अन्तिम सेट १५ अङ्क रहेको थियो । जसमा फलेवासले महाशिलालाई १५–१२ को अन्तरमा पराजित गरेको छ । खेलमा एउटा सहभागी हुने समूहले बढीमा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउने नियम राखिएको थियो । यो नियमानुसार फलेवास नगरपालिकाले नेपाल पुलिस क्लबका दुई खेलाडी रविनचन्द ठकुरी र सफल विकलाई लिएर खेलेको थियो भने महाशिला गाउँपालिकाले सशस्त्र प्रहरीको एपिएफ क्लबका दुई खेलाडी विजय थापा र टेकराज अवस्थीलाई लिएको थियो ।

प्रतियोगितामा प्रथम भएको फलेवासले रु दुई लाख नगदसहिद मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको महाशिलाले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद रु ३०–३० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ११ बजे

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता