रावललाई मन्त्री खनालको चुनौती- ‘मेरो लगानी भएको विद्यालय पत्ता लगाइदिनुस्’ « Khabarhub

रावललाई मन्त्री खनालको चुनौती- ‘मेरो लगानी भएको विद्यालय पत्ता लगाइदिनुस्’


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आफ्नो लगानी भएको विद्यालय बारे जानकारी दिन एमालेका नेता भीम रावललाई चुनौती दिएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत मन्त्री खनालले आफ्नो लगानीमा कुनै विद्यालय नभएको दाबी समेत गरेको छन् । शनिबार नै भएकाे एक कार्यक्रममा बोल्दै भीम रावलले निजि विद्यालयमा लगानी भएका व्यक्ति नै शिक्षामन्त्री भएको बताएका थिए। स्वार्थ बाँझिनेगरी मन्त्रीहरू बनाइएको भन्दै उनले टिप्पणी गरेका थिए।

उक्त टिप्पणीमाथि जवाफ फर्काउँदै मन्त्री खनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो लगानी भएको निजि विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डा भीम रावललाई थाहा रहेछ। लौन भनिदिनुपर्‍यो। नाम, ठेगाना भए सजिलो हुन्थ्यो।’

रावलले शिक्षामन्त्रीसँगै वैदेशिक रोजगार मन्त्रालय, गृह मन्त्रालयमा समेत स्वार्थ बाँझिएको बताएका थिए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ३० बजे

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर