रास्वपाको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल गर्ने « Khabarhub

रास्वपाको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल गर्ने


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राती पार्टी कार्यालयमा अबेरसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको नयाँ प्रस्तावको विषयमा समेत छलफल भएकाे थियाे। बैठक भोलि पुन बस्ने बताईएको छ । यस्तै बैठकले भोलि संसद बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।

आज साँझ रास्वपाका सभापति रवि लामिछानेसँग भएको भेटावर्तामा प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका थिए ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : १३ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको