धनुषा प्रहरीद्वारा ६४५ जना फरार अभियुक्त पक्राउ « Khabarhub

धनुषा प्रहरीद्वारा ६४५ जना फरार अभियुक्त पक्राउ


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषा प्रहरीले  गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै  सङ्ख्यामा फरार रहँदै आएकाहरू पक्राउ परेका हुन । उनका अनुसार यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उनका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।

जिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छौं, उनले भने । उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको छन् । यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। 

पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरी नियन्त्रणमा राखिएकाले आवश्यक कारबाही गरी छाडनेमुद्धा चलाउने कार्य गरिएको उनको भनाई छ ।

 प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरी कारबाही चलाउन निर्देशन पछि सोही अनुसार कारबाही अभियान चलाइएको र सो अभियान अब पनि जारी रहने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : १३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)