अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए (तस्बिरहरू) « Khabarhub

अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए (तस्बिरहरू)


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमा बसेर खाना खाएका छन्। स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान अनुमति नदिएपछि उनीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन्।

सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि गास र बासको चिन्तामा रहेका सुकुम्बासीलाई सहयोग गर्न जेन-जी अभियन्ता माजिद अन्सारीसहितको टोली शनिबार बिहान खाना लिएर पुगेको थियो।

तर, प्रशासनले सेन्टरभित्र खाना लैजान रोक लगाएपछि उनीहरूले सडक किनारमै बसेर खाना खाएका हुन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म सेन्टर नछाड्ने अडानमा सुकुम्बासी रहेका छन्।

सरकारको निर्देशनपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको व्यवस्थापनको विषय पेचिलो बनेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १ : ०९ बजे

उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौँ- नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र

अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए (तस्बिरहरू)

भक्तपुर-भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमा

मत नदिए पनि कर्णाली सरकारको प्राथमिकतामा रहन्छ : सभापति लामिछाने

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित

ढोरपाटन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, ३५ किलोमिटर लाइन सञ्चालनमा

बागलुङ-  जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको