पठानले तोड्यो बाहुबली २ को रेकर्ड « Khabarhub

पठानले तोड्यो बाहुबली २ को रेकर्ड


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् ।

‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्वीटेका छन् ।

प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्सअफिसमा करिब ५ सय ११ करोड कमाई गरेको थियो । ‘पठान’ले रिलिजको ३८ औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाएको थियो ।

व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्सअफिसमा ५ सय १० दशमलब ६५ करोड रुपैंयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले ५ सय ११ करोड रुपैंयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा